गण्डकी पश्चिमतर्फ भारी वर्षा हुने, सर्तकता अपनाउन आग्रह

गण्डकी पश्चिमतर्फ भारी वर्षा हुने, सर्तकता अपनाउन आग्रह

२०७९, आषाढ २१ मंगलवार

  • 713
    SHARES

  • गण्डकी पश्चिमतर्फ भारी वर्षा हुने, सर्तकता अपनाउन आग्रह

    काठमाडौँ । आज देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    मंगलबार(आज) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाकोसमेत सम्भावना रहेकोले ती पहाडी भूभागमा भूक्षय, पहिरो जोखिम रहेको छ।

    भारी वर्षाका कारण नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन, यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध समेत गरेको छ।

    यस्तै, बुधबार देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाकोसमेत सम्भावना छ।

    २०७९, आषाढ २१ मंगलवार०७:०६:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार