आज देशैभर हल्कादेखि मध्यम वर्षा हुँदै 

आज देशैभर हल्कादेखि मध्यम वर्षा हुँदै 

२०७९, आषाढ २२ बुधवार

  • 801
    SHARES

  • आज देशैभर हल्कादेखि मध्यम वर्षा हुँदै 

    काठमाडौँ । आज बिहान देशभर सामान्य बदली रहेको छ । प्रदेश-१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    काठमाडौंमा आज दिनभर मौसम बदली हुनेछ । काठमाडौँका केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ । विभागका अनुसार दिउँसो पनि केही समय बदली हुने र केही समय पानी पर्ने क्रम चलिरहने छ भने काठमाडौंमा आज सामान्यदेखि मध्यम वर्षा हुने देखिएको छ ।

    आगामी तीनदिन देशभर सामान्यदेखि मध्यम वर्षा भए पनि ठूलो भारी वर्षाको सम्भावना नरहेको पनि विभागले जनाएको छ ।

    आज राति गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि पानी पर्ने विभागले जनाएको छ ।

    पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    २०७९, आषाढ २२ बुधवार०७:००:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार