अध्यक्ष प्रचण्डले आज पदाधिकारी प्रस्ताव गर्दै  

अध्यक्ष प्रचण्डले आज पदाधिकारी प्रस्ताव गर्दै  

२०७९, आषाढ २२ बुधवार

  • 925
    SHARES

  • अध्यक्ष प्रचण्डले आज पदाधिकारी प्रस्ताव गर्दै  

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । आजको बैठकमा पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्याउने बताइएको छ । 

    माओवादी केन्द्रको पूर्वस्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । 

    प्रचण्ड निवास खुमलटारमा हिजो बसेको बैठकले आजको केन्द्रीय कमिटी बैठकमा कमिटी र पदाधिकारीको प्रस्ताव गर्ने जिम्मेवारी दिएको थियो । 

    स्रोतका अनुसार आजको बैठकमा पोलिट्ब्यूरो, स्थायी कमिटी, र पदाधिकारी चयन हुनेछन् । नेताहरुले छलफलका लागि मंगलवारको बैठक स्थगित गरेका थिए ।

    २०७९, आषाढ २२ बुधवार०७:१८:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार