प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर २ गते गर्नेगरी मिति तोक्न आयोगको परामर्श

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर २ गते गर्नेगरी मिति तोक्न आयोगको परामर्श

२०७९, आषाढ २२ बुधवार

  • 1.5K
    SHARES

  • प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर २ गते गर्नेगरी मिति तोक्न आयोगको परामर्श

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन आगामी मङ्सिर २ गते शुक्रवार एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न सरकारलाई परामर्श दिएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसँग आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र निर्वाचन आयुक्तहरूले गरेको छलफलमा आगामी मङ्सिर २ गते निर्वाचनको मिति तोक्न आयोगले सरकारलाई परामर्श दिएको हो ।

    त्यस अवसरमा प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आयोगले सिफारिस गरेको मिति कै सेरोफेरोमा निर्वाचन अवधि समेत कायम हुनेगरी सरकारले उपयुक्त मिति तोक्ने जानकारी गराए । 

    प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन, २०७९ शान्तिपूर्णरुपमा सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद दिए ।

    त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी निर्वाचनमा विद्युतीय मतदान यन्त्रको प्रयोग गर्ने सम्बन्धमा समेत आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराए।

    प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७९ सम्पन्न गर्न करिब १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान आयोगले पेश गरेको छ । 

    निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचन सम्बन्धी कानूनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ । 

    २०७९, आषाढ २२ बुधवार०६:२५:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार