बेलायती प्रधानमन्त्रीले दिए राजीनामा

बेलायती प्रधानमन्त्रीले दिए राजीनामा

२०७९, आषाढ २३ बिहिवार

  • 1.0K
    SHARES

  • बेलायती प्रधानमन्त्रीले दिए राजीनामा

    काठमाडौँ । विवादमा फसेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन्।

    केहीबेरअघि उनले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटबाट सम्बोधन गर्दै राजीनामा घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

    आफ्नै सरकारका मन्त्री र विभिन्न मन्त्रालयमा जिम्मेवारी सम्हालेका ५० जना भन्दा बढीले राजीनामा दिएपछि जोनसनको बहिर्गमन अवश्यभावी भएको थियो।

    सुरूमा अन्तिमसम्म लड्ने बताएका जोनसनलाई उनकै विश्वासपात्रहरूले राजीनामा दिने सुझाएका थिए।-एजेन्सी ।

    २०७९, आषाढ २३ बिहिवार०६:०७:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार