माओवादी बैठकः पदाधिकारी चयनको जिम्मा स्थायी समितिलाई

माओवादी बैठकः पदाधिकारी चयनको जिम्मा स्थायी समितिलाई

२०७९, आषाढ २४ शुक्रवार

  • 949
    SHARES

  • माओवादी बैठकः पदाधिकारी चयनको जिम्मा स्थायी समितिलाई

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले पार्टी पदाधिकारी टुंग्याउने जिम्मा स्थायी समितिलाई दिएको छ।

    बिहीबार सम्पन्न सो पार्टीको केन्द्रीय बैठकले एक साताभित्र पदाधिकारी चयनको जिम्मा स्थायी समितिलाई दिएको हो। बैठक आइतबारदेखि सुरु भएको थियो।

    बैठकले १२५ सदस्यीय पोलिटब्युरो र ४१ सदस्यीय स्थायी समिति गठन गरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

    बैठकले नयाँ केन्द्रीय समिति सदस्यको शपथ ग्रहण, नयाँ संरचनात्मक आधारमा केन्द्रीय सदस्यको कार्यविभाजन गरेको छ।

    बैठकले स्थानीय निर्वाचनको समीक्षा तथा आगामी निर्वाचनसम्बन्धी कार्ययोजना निर्माण गरेको उनले जानकारी दिए।

    बैठकले पार्टीलाई नयाँ उचाइमा एकताबद्ध गर्दै समाजवादको आधार तयार गर्ने साधनका रूपमा विकास गर्ने संकल्पसमेत गरेको उनको भनाइ छ।

    बैठकले वाम क्रान्तिकारी पार्टीबीच एकता र ध्रुवीकरणमा जोड दिँदै वाम लोकतान्त्रिक गठबन्धनमा आधारित रहेर आगामी निर्वाचन सम्पन्न गर्ने नीति लिएको छ। -रासस

    २०७९, आषाढ २४ शुक्रवार०७:३१:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार