एभरेष्ट फ्लोरिडा अब आफ्नै भवनमा

एभरेष्ट फ्लोरिडा अब आफ्नै भवनमा

२०७९, आषाढ २४ शुक्रवार

  • 5.2K
    SHARES

  • एभरेष्ट फ्लोरिडा अब आफ्नै भवनमा

    काठमाडौं । शिक्षामा नविनतम सोच सहित स्थापित काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित एभरेष्ट फ्लोरिडा कलेज अब आफ्नै भवनमा संचालन हुने भएको छ । 

    नयाँ व्यवस्थापनका साथ समाजसेवा र शिक्षा क्षेत्रमा अव्वल देखिएका दिव्यांशु घिमिरे, भानुहरि भण्डारी, सुदिष्ट कुमार शाह, शरद कुमार सुन्दर, इन्जिनियर बसन्त कुशवाहा लगाएतको समूहद्धारा संचालनमा रहेको कलेजले छोटो समयमै उल्लेख्य सफलता प्राप्त गरेको छ ।

    f1.jpg

    विद्यार्थीको चापलाई मध्यनजर गर्दै निर्माण व्यवसायी बिरेन्द्र सुतिहारको फास्ट ट्रयाक गतिबाट ६ महिनामै ३ तले आकर्षक भवन तयार भएको हो । 

    विज्ञान, व्यवस्थापन, मानविकी र कानून विषयको समेत पढाई हुने यस कलेजमा हाल १५ सय विद्यार्थी अध्ययनरत रहेका क्याम्पस प्रमूख भानुहरि भण्डारीले बताए । प्रत्येक साल चिकित्सा शास्त्र, इन्जिनियरिंग र चार्टर अकाउन्टेन्ट पढ्नका लागि आफ्ना विद्यार्थी छनोट हुँदा निजी शिक्षामा रहेर कार्य गर्न झनै उत्साह थप्ने गरेको भण्डारीको भनाई छ ।

    f3.jpg

    भौतिक शास्त्रमा अव्वल प्राध्यापक भनेर चिनिने युवा प्राध्यापक सुदिष्ट कुमार शाहको उपस्थितिले समेत यस कलेजको शिक्षा अव्वल बनेको विद्यार्थीले बताएका छन् । फ्लोरिडाले छलांग मार्नुको मुख्य कारण भनेकै विज्ञानका हस्ती प्राध्यापक तथा शान्त, सुन्दर र मनै लोभ्याउने कलेज वातावरण रहेको प्रमुख भण्डारीको भनाई छ । 

    पुस्तक बोकेर हिँडेका विद्यार्थी प्रायजशो बगैँचा वरिपरि घुम्दै रमाउँदै पढेका देख्दा एकपटक कलेज प्रवेश गरेका नवआगन्तुकहरु मन्त्रमुग्ध हुँदै फर्किएको देख्दा रमाइलो अनुभुति हुने कलेजका अध्यक्ष दिव्यांशु घिमिरेले बताए । 

    f4.jpgf2.jpg

    २०७९, आषाढ २४ शुक्रवार०९:२२:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार