बूढीगंगा नगरपालिकाको मतगणना अझै शुरु भएन

बूढीगंगा नगरपालिकाको मतगणना अझै शुरु भएन

२०७९, आषाढ २४ शुक्रवार

  • 913
    SHARES

  • बूढीगंगा नगरपालिकाको मतगणना अझै शुरु भएन

    मार्तडी । बाजुराको बूढीगंगा नगरपालिकामा बिहीबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ।

    मतगणना सुरु गर्न बिहानदेखि बसेको सर्वदलीय बैठक भरखरै सकिएको छ।

    बैठकले अब केहीबेरपछि मतगणना सुरु गर्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी विष्णु प्रसाद जैशीले देशसञ्चारलाई जानकारी दिए।

    गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो ।

    पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको छ।

    नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंगबहादुर खाती र नेकपा एमालेका रामबहादुर बानियाँ प्रतिस्पर्धामा छन्।

    २०७९, आषाढ २४ शुक्रवार१२:०२:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार