जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

२०७९, आषाढ २४ शुक्रवार

  • 1.0K
    SHARES

  • जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

    काठमाडौँ । गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ ।

    जापानको पश्चिमी शहर नारामा  आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रवार बिहान उनी माथि गोली प्रहार भएको थियो । 

    नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उनको भर्खरै निधन भएको सञ्चार माध्यमले जनाएका छन् ।

    यसै बीच प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा  लिएर अनुसन्धान जारी राखेको छ ।रासस ।

    २०७९, आषाढ २४ शुक्रवार०३:२६:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार