कक्षा ११ का लागि कलेज खोज्दै विधार्थी, केएमसी नेटवर्कमा देखियो भिड

कक्षा ११ का लागि कलेज खोज्दै विधार्थी, केएमसी नेटवर्कमा देखियो भिड

२०७९, आषाढ २४ शुक्रवार

  • 1.6K
    SHARES

  • कक्षा ११ का लागि कलेज खोज्दै विधार्थी, केएमसी नेटवर्कमा देखियो भिड

    काठमाडौं । एसएलसी नतिजा आउन केही दिन मात्र बाँकी रहँदा विध्यार्थीहरु कलेज भ्रमणमा व्यस्त देखिएका छन् । 

    शुक्रवार काठमाडौंको शान्तिनगर स्थित केएमसी नेटवर्क अन्तर्गतको युनिभर्सल र न्यु समिट कलेजमा कक्षा ११ का लागि बुझ्न आउने विध्यार्थीको भिड देखिएको छ ।

    2.jpgविध्यार्थीलाई पर्याप्त खेलकुद मैदान र कक्षाकोठा अपुग भएर गत साल+२ तहको पढाइ स्थगित गरेको युनिभर्सलले पुर्वाधारको तयारी गरेसॅगै पुनः कक्षा ११ को पढाइ शुरु गर्न लागेको कलेजका डाइरेक्टर सि आर दवाडीले बताए । 

    अघिल्लो पटक थोरै सेक्सन मात्र कक्षा संचालन गरिएकोमा यस पटक भने विज्ञान र व्यवस्थापनमा ८ - ५ सेक्सन विध्यार्थी भर्ना लिईने पनि उनको भनाइ छ । 

    5.jpg

    स्कूल तहको पढाइ कक्षा १० सम्पन्न भएपश्चात् क्याम्पस तहको विध्यार्थी जिवन शुरु भएको ठानेका विध्यार्थीहरु आफ्नो रोजाईको कलेज प्राप्तिमा जुटेका विध्यार्थीले बताएका छन् । 

    आधुनिक भवन, प्रविधिमैत्री कक्षा कोठा, उच्च क्षमताको प्रयोगशाला, लाइब्रेरी, खेलकुद मैदान, आइटी इन्कुबेसन सेन्टर, विजनेश इन्कुबेसन सेन्टर, सेमिनार हल देखेर लट्ठ परेका विध्यार्थी फि चर्को नभइदिए हुन्थ्यो भन्दै साथीसाथीमा कानेखुसी गर्दै सेल्फि खिच्नमा व्यस्त देखिन्थे ।

    7.jpgकक्षा ११ - १२ तहमा सेन्ट जेभियर्स पछि केएमसी (काठमाडौ मोडल कलेज) को योगदान महत्वपूर्ण छ भनेर विध्यार्थीले तारिफ गरेको सुन्दा डाइरेक्टर दवाडी प्रफुल्लित देखिन्थे ।

    विध्यार्थीको गुनासो सुनेका दवाडीले यस पटकलाई नोमिनल शुल्क मै अध्यापन गराउने बताएका छन् । त्यस्तै जेहेन्दार विध्यार्थीका लागि क्षात्रवृत्ति परीक्षा संचालन हुने भएकाले उक्त परीक्षाबाट क्षात्रवृत्ति जित्न पनि उनको सुझाव छ । 

    न्युनतम शुल्कमा उच्च स्तरीय अध्यापन गराउने कलेज भेट्न आफैँमा एउटा चुनौतिपूर्ण कार्य हो सरोकारवालाको भनाइ छ । 

    4.jpg

    भर्ना गर्दा आकाशको तारै झारौला झै गर्ने कलेजहरु दशैँ पश्चात कम अनुभवी र कम दक्ष शिक्षक कर्मचारी राख्न जोड गर्ने कलेजहरु सयौँको संख्यामा रहेका शिक्षाविद मनप्रसाद वाग्ले बताउॅछन् ।

    डिभी परेर अमेरिका जाने या सरकारी नोकरीमा प्रवेश गर्ने शिक्षक बाहेक अन्यको हकमा कुनै समस्या नरहेको बिसौं वर्ष काम गरेका शिक्षकहरु नै आफ्ना गुरु स्रोत रहेको पनि दवाडीको भनाई छ ।

    8.jpg

    युनिभर्सल र न्यु समिट कलेज शान्तिनगरलाई भने डा शिवदत्त ज्ञवालीले नेतृत्व गरिरहेका छन् । यहाँ+२ देखि स्नातक तह सम्मका बिबिए, बिएस्सी सिएसआइटी, विविएम, बिसिए, बिबिएस, बिए, बिएसडव्लु लगायतका विषयहरु अध्यापन हुने गरेका छन् । त्यस्तै, चॉडै नै स्नातकोत्तर तहको अध्यापन शुरु गरिने पनि बताइएको छ । 

    22.jpg33.jpg

    २०७९, आषाढ २४ शुक्रवार०५:०८:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार