बुढीगंगामा पछि पर्यो गठबन्धन, एमाले उम्मेदवारको हजार मतान्तरको अग्रता

बुढीगंगामा पछि पर्यो गठबन्धन, एमाले उम्मेदवारको हजार मतान्तरको अग्रता

२०७९, आषाढ २५ शनिवार

  • 865
    SHARES

  • बुढीगंगामा पछि पर्यो गठबन्धन, एमाले उम्मेदवारको हजार मतान्तरको अग्रता

    मार्तडी । बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार ३ हजार ६४८ मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेका छन् । 

    हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले झण्डै एक हजार मतले अग्रता लिएका छन् । नेपाली काँग्रेसका रंगबहादुर खातीले पछिपछि रहेका छन् ।

    एमालेका उम्मेदवारले मेयरमा २ हजार १९६ र उपमेयरमा २ हजार १७२ मत पाएका छन् भने काँग्रेसका उम्मेदवारले मेयरमा १ हजार २३९ र उपमेयरमा १ हजार २६१ मत पाएका छन् ।

    एमालेले १, ९ र १० नम्बर वडामा वडाध्यक्ष समेत जितिसकेको छ । अहिले २ र ८ नम्बर वडाको मतगणना भइरहेको छ ।

    २०७९, आषाढ २५ शनिवार१०:३५:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार