भारतमा थपिए १९ हजार कोरोना सङ्क्रमित 

भारतमा थपिए १९ हजार कोरोना सङ्क्रमित 

२०७९, आषाढ २५ शनिवार

  • 1.1K
    SHARES

  • भारतमा थपिए १९ हजार कोरोना सङ्क्रमित 

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप झन्डै १९ हजार जना सङ्क्रमित भएका छन् ।

    सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।

    योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाख चार हजार ३९४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पछिल्लो एक दिनमा देशभर कुल चार लाख ५४ हजार ७७८ जनाको कोरोना परीक्षण गरिएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

    भारतमा पछिल्लो समयमा सक्रिय सङ्क्रमितहरूको सङ्ख्यामा पनि वृद्धि भएको देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो ४ महिनामा अहिले सबैभन्दा धेरै देखिएका हुन् ।

    सोही अवधिमा कोरोना भाइरसका कारण भारतमा थप ४३ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या पाँच लाख २५ हजार ३४६ पुगेको छ । -एजेन्सी । 

    २०७९, आषाढ २५ शनिवार०२:१५:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार