मंसिर १६, काठमाडौं ।
वाग्मती प्रदेश सांसद गणेश प्रसाद दुलाल कोरोना मुक्त भएका छन् । उनमा हिजो आएको तेश्रो परिक्षणमा नेगेटिभ रिपोर्ट आएको हो ।
सामान्य ज्वरो आउने, टाउको दुख्ने समस्याका कारण गएको कार्तिक २३ गते गरिएको परिक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको थियो । त्यसयता घरमै आराम गरेर बेसार पानी, गुर्जो, आयुर्वेदिक तथा अन्य औषधी उपचार गरेर बसेका दुलालमा गएको मंसिर ८ गते गरिएको परिक्षणमा पोजिटिभ नै देखिएको थियो ।
संक्रमण भएर घरमा बस्दा सोचेको भन्दा बढि शारीरिक पिडा भएको सांसद दुलालले बताएका छन् । काठमाडौं क्षेत्र नं १ (ख) का जनप्रतिनिधि दुलालले भने, "जनताका काममा सँधै व्यस्त हुन पर्ने मान्छे २८ दिन सम्म घरमा शारीरिक पिडा लिएर बस्नु पर्दाको पिडा बयान गर्न सकिरहेको छैन ।"
शारीरिक थकान, कमजोरी महशुुस भए पनि अब बिस्तारै जनप्रतिनिधिका हिसाबले सेवामा तल्लिनहुने उनले जनाएका छन् । यो असहज समयमा स्वास्थ्य संवेदनसिलताका विषयमा चनाखो हुन र स्वास्थ्यलाभको कामना गर्ने सबैमा उनले धन्यवाद व्यक्त गरेका छन् ।
साथै कोरोना केही होइन भनेर हेलचेक्र्याइँ नगर्न पनि आफ्नो क्षेत्रका जनता तथा सबैमा सचेतना अपनाउन समेत आग्रह गरेका छन् ।