यस्तो छ आगामी तिन दिनको मौसम पूर्वानुमान

यस्तो छ आगामी तिन दिनको मौसम पूर्वानुमान

२०७९, आषाढ २६ आइतवार

  • 1.3K
    SHARES

  • यस्तो छ आगामी तिन दिनको मौसम पूर्वानुमान

    काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बिहान प्रदेश १ र बागमतीका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङसहित वर्षा भइरहेको छ।

    दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    राति प्रदेश १, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    सोमबार राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    मंगलबार पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    २०७९, आषाढ २६ आइतवार०७:३७:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार