लोकतन्त्रका नाममा भ्रष्टाचार, महंगी र सर्वसत्तावाद मौलायो : कमल थापा

लोकतन्त्रका नाममा भ्रष्टाचार, महंगी र सर्वसत्तावाद मौलायो : कमल थापा

२०७९, आषाढ २६ आइतवार

  • 973
    SHARES

  • लोकतन्त्रका नाममा भ्रष्टाचार, महंगी र सर्वसत्तावाद मौलायो : कमल थापा

    ‍काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ‍भ्रष्टाचार, महंगी, आर्थिक संकट र सर्वसत्तावाद अति भयो भने जनताको धैर्यताको बाँध भत्किने बताएका छन्।

    अध्यक्ष थापाले श्रीलंकाको उदाहरण दिँदै यस्तो बताएका हुन्।

    सामाजिक सञ्जाल ट्विटरमा उनले नेपालमा पनि विगत केही वर्षयता लोकतन्त्रको आवरणमा सर्वसत्तावाद, चरम भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र विदेशी हस्तक्षेप मौलाउँदै गएको पनि बताएका छन्।

    देश श्रीलंका बन्न नदिन दल र नेताहरू सचेत हुनु जरुरी रहेको उनले उल्लेख गरेका छन्।

    उनले लेखेका छन्,’ भ्रष्टाचार, महंगी, आर्थिक संकट र सर्वसत्तावाद अति भयो भने जनताको धैर्यताको बाँध भत्किन्छ भन्ने उदाहरण श्रीलंका हो। नेपालमा पनि विगत केही वर्षयता लोकतन्त्रको आवरणमा सर्वसत्तावाद, चरम भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र विदेशी हस्तक्षेप मौलाउँदै गएको छ। दल र नेताहरू सचेत हुनु जरुरी छ।’

    २०७९, आषाढ २६ आइतवार०७:५६:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार