महासंकटमा श्रीलंका : प्रधानमन्त्रीद्वारा राजीनामा, राष्ट्रपति फरार

महासंकटमा श्रीलंका : प्रधानमन्त्रीद्वारा राजीनामा, राष्ट्रपति फरार

२०७९, आषाढ २६ आइतवार

  • 893
    SHARES

  • महासंकटमा श्रीलंका : प्रधानमन्त्रीद्वारा राजीनामा, राष्ट्रपति फरार

    कोलम्बो । श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले शनिबार अकस्मात् पदबाट राजीनामा दिएका छन् । पार्टी बैठकमा प्रस्ताव गर्दा ‘तत्काल राजीनामा नदिन’ आग्रह गर्दासमेत उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् । 

    ‘आफ्नो राजीनामाले देशको समस्या समाधान हुन सहयोग पुग्ने’ विक्रमासिंघेको कथन छ । ‘अब राष्ट्रपतिलाई समेत राजीनामा दिन मद्दत पुग्ने’ उनको विश्वास छ । श्रीलंकामा आर्थिकसँगै राजनीतिक संकट उत्पन्न भएको छ ।

    आर्थिक संकटका कारण रुष्ट जनताको विरोधका कारण यसअघि तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्ष पनि राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि रनिल विक्रमासिंघे प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री रनिल विक्रमासिंघेले ‘संसद्लाई श्रीलंका टाट पल्टिँदै गरेको’ बताएका थिए । 

    राष्ट्रपति निवास छोडेर भागे
    राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा माग गर्दै देशमा भएको प्रदर्शनले हिंसात्मक रूप लिएको छ । प्रदर्शनकारी राष्ट्रपति भवनभित्र पसेपछि राष्ट्रपति गोताबाया राजापाक्षे भागेका छन् । 

    हजारौं आक्रोशित प्रदर्शनकारी प्रवेश गरेपछि श्रीलंकाका राष्ट्रपति गोटावाय राजापाक्ष निवासबाट बाहिरिएका हुन् । शनिबार निवास बाहिर प्रदर्शन चर्किएपछि उनी सुरक्षित स्थानतर्फ प्रस्थान गरेको डेली मिरर दैनिकले जनाएको छ । 

    राष्ट्रपति निवासको सुरक्षा स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै राजधानीका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ ।

    यसअघि, आन्दोलनकारीले विरोध प्रदर्शन तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । स्थानीय समयअनुसार शुक्रबार राति ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म आदेश कायमै रहने प्रशासनले जनाएको छ ।

    २०७९, आषाढ २६ आइतवार०८:११:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार