बुढीगंगा प्रमुख र उपप्रमुखमा एमाले विजयी

बुढीगंगा प्रमुख र उपप्रमुखमा एमाले विजयी

२०७९, आषाढ २६ आइतवार

  • 2.5K
    SHARES

  • बुढीगंगा प्रमुख र उपप्रमुखमा एमाले विजयी

    बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन्।

    स्थानीय तह निर्वाचनअन्तर्गत आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन्।

    एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ मत पाएर पराजित भए। खातीलाई एक हजार तीन मतले पछि पार्दै बानियाँ प्रमुखमा निर्वाचित भएका हुन्। खाती महान्यायाधिवक्ता खम्ब बहादुर खातीका सहोदर दाजु हुन् । 

    यस्तै उपमेयरमा मायाकुमारी खड्का (कुँवर)ले चार हजार ७२७ मत ल्याएर निर्वाचित भएकी हुन्। यसअघिको स्थानीय तह निर्वाचनमा यस पालिकामा प्रमुख र उपप्रमुख दुवै पद कांग्रेसले जितेको थियो।

    १० वटा वडा रहेको बुढीगंगामा एमालेले वडा वडानम्बर १, २, ३, ५, ६, ९ र १० गरेर सात वडा जितेको छ। भने वडानम्बर ४, ७ र ८ मा काँग्रेसका उम्मेद्वार विजयी भएका छन्।

    निर्वाचन आयोगले वैशाख ३० गतेको मतदान रद्ध गरेपछि बुढीगंगामा असार २३ मा दोस्रो पटक निर्वाचन भएको थियो। बुढीगंगामा नगरपालिका १३ हजार ६५९ मतदाता रहेकोमा असार २३ गतेको चुनावमा ६६.८३ प्रतिशत अर्थात नौ हजार १२८ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ।

    २०७९, आषाढ २६ आइतवार०१:४५:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार