अनलाइनमा अपमानजनक पोस्ट राख्नेलाई एक वर्ष कैद, २२ सय अमेरिकी डलर जरिवाना

अनलाइनमा अपमानजनक पोस्ट राख्नेलाई एक वर्ष कैद, २२ सय अमेरिकी डलर जरिवाना

२०७९, आषाढ २६ आइतवार

  • 913
    SHARES

  • अनलाइनमा अपमानजनक पोस्ट राख्नेलाई एक वर्ष कैद, २२ सय अमेरिकी डलर जरिवाना

    टोकियो । जापान सरकारले अनलाइनमार्फत हुने विभिन्न किसिमका अपमानजनक गतिविधि रोक्नको लागि नयाँ नियम बनाएको छ।

    जापानी सञ्चारमाध्ययमका अनुसार सरकारले अनलाइनमार्फत कसैको अपमान हुने खालको पोस्ट गर्ने व्यक्तिलाई कम्तिमा एक वर्षसम्म जेल सजाय हुने व्यवस्था गरेको हो।

    सरकारले यो नियम गृष्मकालिन समयमै बनाएको भएपनि हालैबाट लागु गर्न लागेको हो। पीडित व्यक्तिको उजुरीको आाधारमा एकवर्ष जेलका साथै तीन लाख येन (२२०० अमेरिकी डलर) जरिवाना समेत हुनसक्नेछ।

    त्यहाँका सञ्चार माध्ययमका अनुसार यसअघि यस्ता प्रक्रितिका कसुरमा ३० दिन जेल सजाय र दश हजार येन (७५ अमेरिकी डलर)सम्म जरिवानाको व्यवस्था थियो। -एजेन्सी । 

    २०७९, आषाढ २६ आइतवार०२:०४:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार