आज यी स्थानमा पर्दैछ पानी ?

आज यी स्थानमा पर्दैछ पानी ?

२०७९, आषाढ २७ सोमवार

  • 793
    SHARES

  • आज यी स्थानमा पर्दैछ पानी ?

    काठमाडौँ । आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको छ।

    दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    बागमती र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन गरिएको छ। सुदूरपश्चिम र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    मंगलबार सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

    २०७९, आषाढ २७ सोमवार०७:२२:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार