साउन पहिलो हप्ता चुनाव घोषणा हुन्छ : गगन थापा

साउन पहिलो हप्ता चुनाव घोषणा हुन्छ : गगन थापा

२०७९, आषाढ २७ सोमवार

  • 1.3K
    SHARES

  • साउन पहिलो हप्ता चुनाव घोषणा हुन्छ : गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघ र प्रदेशको चुनावको मिति आगामी मंसिर ४ या ५ गने हुने बताएका छन्।

    उनले आज सोमबार ललितपुर क्षेत्र नम्बर-२ मा आयोजित एक कार्यक्रममा बोल्दै साउन ४ या ५ गतको मन्त्रीपरिसद्को बैठकले चुनावको मिति घोषणा गर्ने र मंसिर ४ या ५ गते चुनाव हुने बताएका हुन्।

    उनले स्थानीय तहको निर्वाचनमार्फत केही कुरा सिकेर आगामी निर्वाचनमा अझ बढी सचेत भइ लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिएका छन्।

    अब निर्वाचन मिति घोषाणा हुन हप्तादिन मात्र बाँकी रहेकाले मतदाता नामावली संकलनको काममा तीव्र रूपमा लाग्न उनले आफ्ना कार्यकर्तालाई आग्रह समेत गरेका छन्।

    यसपाली सबै स्थानीय तहमा राम्रो मतपरिणाम ल्याएको जिकिर गर्दै उनले कांग्रेसले जनजीवनमा सुधार ल्याउने खालका कामहरू गर्नसके अझैबढी जनमत पाउने विश्वास व्यक्त गरेका छन्।

    २०७९, आषाढ २७ सोमवार११:१२:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार