कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

२०७९, आषाढ २७ सोमवार

  • 949
    SHARES

  • कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय तहको निर्वाचन–२०७९ को समीक्षा, भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुङ्गो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    बैठकमा निकट भविष्यमा हुने सङ्घ र प्रदेशको निर्वाचनमा पार्टीको तयारीका विषयमा समेत छलफल हुने बताइएको छ । काँग्रेसले यसअघि असार २१ गते पदाधिकारी बैठकमा उपरोक्त विषयमा छलफल गरेको थियो

    २०७९, आषाढ २७ सोमवार१२:०५:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार