सार्वजनिक यातायातको भाडा पुनः बृद्धि 

सार्वजनिक यातायातको भाडा पुनः बृद्धि 

२०७९, आषाढ २८ मंगलवार

  • 1.2K
    SHARES

  • सार्वजनिक यातायातको भाडा पुनः बृद्धि 

    काठमाडौँ । सोमबारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडादर बढेको छ। यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो।

    विभागका अनुसार यात्रुवाहक गाडीमा १.७९ प्रतिशतले भाडा बढेको छ।

    यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २.३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २.६ प्रतिशतले भाडादर समायोजन भएको छ।

    वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ।

    २०७९, आषाढ २८ मंगलवार०७:१७:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार