रुसी र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

रुसी र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

२०७९, आषाढ २८ मंगलवार

  • 1.0K
    SHARES

  • रुसी र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

    काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच फोनवार्ता भएको छ ।

    उहाँहरुबीच युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ । त्यस अवसरमा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका बारेमा  पनि कुराकानी भएको समाचारमा जनाइएको छ ।

    उहाहरुबीच दुई देशबीचको आर्थिक सहयोग र साझेदारीका विषयमा पनि कुराकानी भएको बताइएको छ ।

    युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी हुनुका साथै उनीहरूले रुस र युक्रेनको युद्धका कारण भएको खाद्यान्न सङ्कटको अवस्थामा युक्रेन र अरू विश्वका लागि के कसरी खाद्यान्न आपूर्तिको अवस्थाको व्यवस्थापन गर्ने भन्ने विषयमा पनि कुराकानी भएको बताइएको छ ।

    रुसले युक्रेनमा हमला गरेपछि पछिल्ला दिनमा विश्वमा नै खाद्यान्न अभाव हुँदै गएको छ । युक्रेनका लागि र युक्रेन भएर हुने खाद्यान्न आपूर्तिका सम्बन्धमा विश्वका विभिन्न देशले यसको विकल्पका बारेमा छलफल गरिरहेका छन् । एजेन्सी ।

     

    २०७९, आषाढ २८ मंगलवार०२:५८:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार