आज देशका यी स्थानमा पर्दैछ भारी वर्षा

आज देशका यी स्थानमा पर्दैछ भारी वर्षा

२०७९, आषाढ २९ बुधवार

  • 1.1K
    SHARES

  • आज देशका यी स्थानमा पर्दैछ भारी वर्षा

    काठमाडौँ । आज बिहान बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा वर्षा भइरहेको छ।

    दिउँसो प्रदेश १ र बाग्मतीका पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको पनि आँकलन गरिएको छ।

    बिहीबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

    शुक्रबार लुम्बिनी र कर्णाली तथा तराईका थोरै स्थानमा वर्षाको प्रक्षेपण गरिएको छ।

    २०७९, आषाढ २९ बुधवार०८:१३:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार