श्रीलंकाका राष्ट्रपतिले देश छाडे, प्रदर्शनकारी खुशीयालीमा

श्रीलंकाका राष्ट्रपतिले देश छाडे, प्रदर्शनकारी खुशीयालीमा

२०७९, आषाढ २९ बुधवार

  • 1.0K
    SHARES

  • श्रीलंकाका राष्ट्रपतिले देश छाडे, प्रदर्शनकारी खुशीयालीमा

    एजेन्सी । श्रीलंकाका राष्ट्रपतिले देश छाडेका छन्। श्रीलंकाको आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका छन्।

    ७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ। उनीसँगै पत्नी र एक जना गार्ड पनि रहेका बताइएको छ।

    राजपाक्षेको प्रस्थानले श्रीलंकामा दशकौँसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य गरेको छ। शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसेका थिए।

    राष्ट्रपतिले यसअघि १३ जुलाई अर्थात आज राजीनामा दिने वाचा गरेका थिए। उनका भाइ पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बीबीसीले जनाएको छ । उनी अमेरिका जाँदै गरेको बताइएको छ।

    राष्ट्रपति भागेपछि केही प्रदर्शनकारीले खुसीयाली मनाएका छन्।

    २०७९, आषाढ २९ बुधवार०८:३३:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार