मलेसियामा एकै दिनमा दुई हजार ३०० भन्दा बढी सङ्क्रमित

मलेसियामा एकै दिनमा दुई हजार ३०० भन्दा बढी सङ्क्रमित

२०७९, आषाढ २९ बुधवार

  • 893
    SHARES

  • मलेसियामा एकै दिनमा दुई हजार ३०० भन्दा बढी सङ्क्रमित

    क्वालालम्पुर । मलेसियामा मङ्गलबार दुई हजार ३४५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

    यसैसँगै कोरोना सुरु भएबाट हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या ४६ लाख ७३६ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

    त्यहाँ तीन जना बाहिरबाट आएका व्यक्तिमा कोरोना देखिएको हो भने, तीन हजार ३४२ जना स्थानीय व्यक्ति नै रहेका मन्त्रालयले जारी गरेको तथ्याङ्कले जनाएको छ ।

    मङ्गलबार कोरोना सङ्क्रमणको कारण तीन जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणको कारण मलेसियामा हालसम्म ३५ हजार ८१९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयका अनुसार गएको २४ घण्टामा दुई हजार ३८४ जना कोरोना मुक्त भएका छन् । कोरोना महामारी सुरु भएयता हालसम्म ४५ लाख २९ हजार २०१ जनालाई कोरोना सङ्क्रमण निको भएको पनि मन्त्रालयले थप जानकारी दिएको छ ।-एजेन्सी ।

    २०७९, आषाढ २९ बुधवार१२:००:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार