शेखर कोइरालालाई पार्टी कार्यालयमा छुट्टै कोठाको व्यवस्था गर्न कांग्रेस नेताको माग 

शेखर कोइरालालाई पार्टी कार्यालयमा छुट्टै कोठाको व्यवस्था गर्न कांग्रेस नेताको माग 

२०७९, आषाढ ३० बिहिवार

  • 845
    SHARES

  • शेखर कोइरालालाई पार्टी कार्यालयमा छुट्टै कोठाको व्यवस्था गर्न कांग्रेस नेताको माग 

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा संस्थापन समूहका नेताले शेखर कोइराला समूहलाई पनि पार्टी कार्यालयमै बैठक गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।

    शेखर समूहले पार्टी कार्यालयबाहिर भेला गरेको भन्दै सानेपास्थित केन्द्रीय कार्यालयमा नै कोठा उपलब्ध गराइदिन सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका हुन्।

    देउवानिकट मानिने केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीले बुधबारको बैठकमा यस्तो आग्रह गरेका हुन्। उनले बैठकमा नेता कोइरालालाई पनि पार्टी कार्यालयमै कोठा दिलाइयो भने बाहिर–बाहिर बैठक र छलफल गर्न पर्दैनथ्यो।

    कोइराला समूहले १४ औँ अधिवेशनपछि ताकेता गर्दै आए पनि देउवाले हालसम्म छुट्टै कोठा उपलब्ध गराइदिएका छैनन्। कांग्रेसमा यसअघि सभापतिका उम्मेदवारका निकटतम प्रतिद्वन्द्वीले पार्टी कार्यालयमै छुट्टै कोठा पाउँदै आएका थिए।

    गिरिजाप्रसाद कोइराला पार्टी सभापति बन्दा निकटतम प्रतिद्वन्द्वी भएका देउवा आफैले पनि छुट्टै कोठामा राजनीतिक छलफल र भेटघाट गरेका थिए।

    २०७९, आषाढ ३० बिहिवार०७:१०:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार