यस्तो छ आजको मौसम 

यस्तो छ आजको मौसम 

२०७९, आषाढ ३० बिहिवार

  • 773
    SHARES

  • यस्तो छ आजको मौसम 

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    बिहीबार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा  र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    २०७९, आषाढ ३० बिहिवार०७:५६:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार