शिक्षा क्षेत्रमा सेन्ट लरेन्सको अर्को फड्को, पायो उत्कृष्ट कलेजको अवार्ड 

शिक्षा क्षेत्रमा सेन्ट लरेन्सको अर्को फड्को, पायो उत्कृष्ट कलेजको अवार्ड 

२०७९, आषाढ ३० बिहिवार

  • 3.6K
    SHARES

  • शिक्षा क्षेत्रमा सेन्ट लरेन्सको अर्को फड्को, पायो उत्कृष्ट कलेजको अवार्ड 

    काठमाडौं । काठमाडौंको चावहिलमा अवस्थित सेन्ट लरेन्स कलेजले उत्कृष्ट कलेजको अवार्ड जितेको छ । काठमाडौंको पुर्व उत्तर क्षेत्रमा एकछत्र राज गर्दै आएको यस कलेजले शैक्षिक क्रियाकलापमा पुनः अर्को सम्मान प्राप्त गरेको हो । 

    बुधबार २ सय ९ औं भानु जयन्ती र गूरुपुर्णिमाको अवसरमा फोकस नेपाल संस्थाले सो कलेजलाई उत्कृस्ट कलेजका रुपमा सम्मान गरेको छ । 

    2.jpg

    नेपाल पर्यटन बोर्डको सभाकक्षमा फोकस नेपाल संस्थाद्धारा गरिएको समारोहमा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेपाल सरकारका राज्यमन्त्री उमेश श्रेष्ठले अध्यक्ष केशव प्रसाद दंगाललाई सम्मान पत्र हस्तान्तरण गरेका थिए।

    लामो समयदेखि अनवरत रुपमा उत्कृष्ट नजिता दिन सफल भएकोले कलेजलाई सम्मान गरिएको फोकस नेपाल संस्थाका अध्यक्ष रामचन्द्र पोखरेलले जानकारी दिएका छन्।

    1.jpg

    कलेजको स्थापनाकालदेखि नै सधै उत्कृष्ट नतिजा दिन सफल हुँदै देशका लागि दक्ष जनशक्ति उत्पादन गर्ने सक्षम भएका आधारमा छनौंट गरेर कलेजलाई सम्मान गरिएको आयोजकले बताएको छ । 

    केही समय अघि अनुशासनमा केही कमि देखिन खोजेको यस कलेजमा हाल प्रत्येक विधाहरु चुस्तदुरुस्त बनाउँदै पुनः नमुना कलेजकै रुपमा आफुलाई तयार गरेको विद्यार्थीले बताएका छन् ।

    3.jpg

    विद्यालय तहदेखि स्नातकोत्तर तहसम्म पढाई हुने यस कलेजको योगदान र कलेज उत्तिर्ण गरि सफल रुपमा विभिन्न क्षेत्रमा स्थापित पुर्व विद्यार्थीहरुको संजाल परिकल्पना भन्दा पनि बृहत रहेको उनीहरुको भनाई छ । फोटो सौजन्य : नयाँ पोस्ट

    5.jpg4.jpg

    २०७९, आषाढ ३० बिहिवार०८:५२:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार