काठमाडौं । नेकपा एमालेले अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्टीकरण दिएको छ ।
आफू एमालेमा संलग्न भएको आरोप लागेपछि गर्भनर अधिकारीले एमालेलाई पत्र लेखेका थिए भने एमालेले पनि एम अधिकारी गर्भनर अधिकारी नभएको स्प्रष्ट पारेको हो। स्पष्टीकरण पत्रमा एम अधिकारी गभर्नर होइनन् मात्र भनिएको छ अरु केहि उल्लेख गरिएको छैन ।
गभर्नर अघिकारीले असार २९ मा नेकपा एमाले केन्द्रीय कार्यलयलाई पत्र लेख्दै आफू कुनैपनि राजनीतिक दलमा आवद्ध नरहेको र गभर्नरजस्तो जिम्मेवर पदमा रहेको कुनैपनि व्यक्ति कुनै पार्टी विशेषको कुनै समितिमा रहने वा बस्ने कुरा कल्पना बाहिरको विषय भएको स्पष्ट पारेका थिए।
यता भने पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतले अधिकारीको राजीनामा मागिरहेका छन् ।