चुनावी गठबन्धन गर्न काँग्रेस एकमत

चुनावी गठबन्धन गर्न काँग्रेस एकमत

२०७९, आषाढ ३१ शुक्रवार

  • 901
    SHARES

  • चुनावी गठबन्धन गर्न काँग्रेस एकमत

    काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल विषयमा नेपाली काँग्रेस एकमतसाथ अघि बढ्ने देखिएको छ ।

    यसअघि, स्थानीय तह निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल विषयमा फरक मत देखिए पनि आगामी निर्वाचनमा सम्मानजनक सिट बाँडफाँटसहितको तालमेल हुनुपर्ने पक्षमा काँग्रेसभित्र मतैक्यता बन्ने देखिएको हो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ । 

    गत २७ असारबाट सुरु काँग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी छ । बैठकमा आगामी निर्वाचनका विषयमा काँग्रेसभित्र रणनीतिक बहस चल्दै छ । काँग्रेसले आगामी निर्वाचनमा तालमेल गरेरै जाने निर्णय यसै बैठकबाट गर्ने सम्भावना छ ।

    जारी बैठकमा संस्थापनइतर समूहले पनि निर्वाचनमा गठबन्धन कायम राखेर जाँदा नेता कार्यकर्तालाई न्याय हुन्छ कि हुँदैन भनेर प्रश्न गरिसकेका छन् । यसअघि स्थानीय तहको निर्वाचनमा इतरसमूहले गठबन्धन गर्न नहुने अडान लिएको थियो ।

    केन्द्रीय समिति बैठकको पहिलो दिनमा नै इतर समूहको नेतृत्व गरेका डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा पार्टीको नीति, आदर्श र सिद्धान्तविपरीत गठबन्धन गरिएको भन्दै नेतृत्वको आलोचना गर्दा प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा आवश्यकता र औचित्य पुष्टि हुनेगरी तालमेल पार्टीको धारणा निर्माण गर्नुपर्ने धारणा राखेका छन् ।

    २०७९, आषाढ ३१ शुक्रवार०७:१६:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार