इटालीका प्रधानमन्त्री मारियोद्वारा राजीनामा

इटालीका प्रधानमन्त्री मारियोद्वारा राजीनामा

२०७९, आषाढ ३१ शुक्रवार

  • 2.0K
    SHARES

  • इटालीका प्रधानमन्त्री मारियोद्वारा राजीनामा

    रोम । गठबन्धन टुटेपछि इटालीका प्रधानमन्त्री मारियो द्राघीले पदबाट राजीनामा दिएका छन् ।

    लोकतान्त्रिक गठबन्धन साझेदार फाइभ स्टारले विश्वासको मतमा दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री मारियो द्राघीले अल्पमतमा परेको भन्दै पदबाट राजीनामा दिएका हुन् ।

    युरोपेली केन्द्रीय बैङ्कका पूर्व प्रमुखसमेत रहेका द्राघीले फेब्रुअरी २०२१ देखि इटाली सरकारको नेतृत्व गरेका थिए ।

    शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै उनले संयुक्त सरकार टिकाउने विश्वासको सन्धि टुटेको जिकिर गरेका छन् ।

    यसैबीच प्रधानमन्त्री द्राघीले दिएको राजीनामा राष्ट्रपति सर्जियो माटारेल्लाले अस्वीकार गर्दै पुनर्विचार गर्न आग्रह गरेका छन् ।

    विगत एक दशकमा इटालीका छैटौँ प्रधानमन्त्री द्राघीले इटालीलाई कोभिड-१९ पछिको महामारी रिकभरीको नेतृत्व गरेका थिए ।

    द्राघीले देशलाई महामारीको अस्थिरताबाट बचाउन महत्त्वपूर्ण भूमिका निभाएको भन्दै प्रशंसा पाएका थिए ।

    राष्ट्रपतिले द्राघीलाई अब राजनीतिक अवस्थाको स्पष्ट चित्र प्रस्तुत गर्न संसदलाई सम्बोधन गर्नसमेत आह्वान गरेका छन् । -एजेन्सी । 

    २०७९, आषाढ ३१ शुक्रवार०७:५३:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार