पुर्व राष्ट्रपति ट्रम्पकी प्रेमिकाको निधन, ट्रम्पले लेखे यस्तो भावुक स्टाटस

पुर्व राष्ट्रपति ट्रम्पकी प्रेमिकाको निधन, ट्रम्पले लेखे यस्तो भावुक स्टाटस

२०७९, आषाढ ३१ शुक्रवार

  • 1.0K
    SHARES

  • पुर्व राष्ट्रपति ट्रम्पकी प्रेमिकाको निधन, ट्रम्पले लेखे यस्तो भावुक स्टाटस

    काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रिपति डोनाल्ड ट्रम्पकी पहिलो पत्नी इभाना ट्रम्पको निधन भएको छ। चेक गणतन्त्रमा जन्मिएकी ट्रम्पको ७३ वर्षको उमेरमा निधन भएको हो।

    स्रोतका अनुसार उनी न्यूयोर्क शहरको घरको एक सीढी नजिकै बेहोस अवस्थामा फेला परेकी थिइन्। उनी खसेको हुनसक्ने अनुमान गरिएको बताइएको छ।

    अमेरिकी सञ्चार माध्ययमका अनुसार उनको मृत्युको कारण आकस्मिक हुन सक्ने प्रहरीले जनाएको छ।

    ट्रम्पले उनको बारेमा सामाजिक सञ्जालमा एक स्टाटस लेखेका छन्। ‘उनी एक अद्भुत, सुन्दर र अद्भुत महिला थिइन्, जसले एक महान र प्रेरणादायी जीवन बिताइन्’ ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्ममार्फत सो कुरा सार्वजनिक गरेका हुन्।

    पूर्वराष्ट्रिपति ट्रम्प र उनको विहे सन् १९७७ मा भएको थियो भने १५ वर्षपछि १९९२ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो।

    उनीहरुका डोनाल्ड जुनियर, इभान्का र एरिक ट्रम्प गरी तीन सन्तान छन्। -एजेन्सी ।

    २०७९, आषाढ ३१ शुक्रवार०८:०४:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार