अर्मेनियाका प्रधानमन्त्री सेल्फ आइसोलेसनमा

अर्मेनियाका प्रधानमन्त्री सेल्फ आइसोलेसनमा

२०७७, पौष २३ बिहिवार

  • 1.2K
    SHARES

  • अर्मेनियाका प्रधानमन्त्री सेल्फ आइसोलेसनमा

    पौष २३, यरेभान । 

    अर्मेनियाका प्रधानमन्त्री निकोल पशिन्यान सेल्फ आइसोलेसनमा बसेका छन् । 

    उनी सेल्फ आइसोलेसनमा भएकाले राजधानी यरेभानमा क्रिसमसका अवसरमा बुधबार आयोजित विषेश समारोहमा पनि अनुपस्थित भएका थिए ।  

    धार्मिक नेताको अगुवाइमा भएको महत्वपूर्ण कार्यक्रममा उनको अनुपस्थितिपछि उनको सचिवालयले सेल्फ आइसोलेसनमा भएकाले उनी उपस्थित हुन नसकेका जानकारी दिएको छ । 

    “सङ्क्रमणसम्बन्धी समस्याका कारण उनी सो समारोहमा उपस्थित हुन असमर्थ हुनुभयो, उहाँ अहिले सेल्फ आइसोलेसनमा हुनुहुन्छ,” प्रधानमन्त्री पशिन्यानका सञ्चार सचिव मान गेभोग्र्यानले भने ,  

    उनका अनुसार प्रधानमन्त्री पशिन्यान यसअघि गत जुनको अन्त्य तिर पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएकामा अहिले फेरी सङ्क्रमणको घेरामा परेका हुन् । 

    सीमा क्षेत्रमा विवादको समस्या झेल्दै आएको अर्मेनियाको त्यहीसम्बन्धी गतिविधिमा संलग्न भएका बेला उनी पुनः सङ्क्रमणको घेरामा परेका सञ्चार सचिव गेभोग्र्यानले जानकारी दिए । 

    अर्मेनियाको सरकारी निकायले बुधबार दिएको जानकारीअनुसार अर्मेनियामा अहिलेसम्म एक लाख ६० हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने दुई हजार ८९० जनाको मृत्यु भएको छ ।- एजेन्सी ।  

    २०७७, पौष २३ बिहिवार०७:३१:०४
    प्रतिक्रिया
    सम्बन्धित समाचार