श्रीलंकाका पूर्वप्रधानमन्त्री र पूर्वअर्थमन्त्रीले देश छाड्न नपाउने

श्रीलंकाका पूर्वप्रधानमन्त्री र पूर्वअर्थमन्त्रीले देश छाड्न नपाउने

२०७९, आषाढ ३२ शनिवार

  • 1.1K
    SHARES

  • श्रीलंकाका पूर्वप्रधानमन्त्री र पूर्वअर्थमन्त्रीले देश छाड्न नपाउने

    नयाँ दिल्ली । श्रीलंकाका पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्वअर्थमन्त्री बासिल राजापाक्षेलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ।

    आगामी जुलाई २८ सम्म अनुमतिविना देश छाड्न नपाइने आदेश सर्वोच्च अदालतले शुक्रबार बताएको छ।

    यही जुलाई १३ मा दर्ता गरिएको मुद्दाको सुनवाइ गर्दै अदालतले उनीहरूलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको अदालतले जनाएको छ ।

    अदालतले केन्द्रीय बैंकका पूर्वगभर्नर अजिथ निभार्ड काब्राल र अरू केही व्यक्तिहरूलाई पनि देश छाडेर जान निषेध गरेको छ।

    अदालतमा दर्ता भएको मुद्दामा ती व्यक्तिहरूले राज्य शक्तिको दुरुपयोग गरेको, आर्थिक संकट उत्पन्न हुनुमा जिम्मेवार रहेको लगायतका आरोप लगाउँदै अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ।

    श्रीलंकामा आर्थिक सकंट उत्पन्न भएपछि आम नागरिकले आन्दोलन गर्दै राजीनामा माग गरेपछि तत्कालीन प्रधानमन्त्री राजापाक्षले राजीनामा दिन बाध्य भएका थिए।

    त्यही प्रदर्शन चर्किँदै गएपछि राष्ट्रपति गोटाबाय राजापाक्षेले पनि राजीनामा दिएर देश छाडेका छन्। -एजेन्सी । 

    २०७९, आषाढ ३२ शनिवार०७:२४:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार