कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

२०७९, आषाढ ३२ शनिवार

  • 917
    SHARES

  • कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा गत सोमबारदेखिको बैठक आज पनि जारी रहनेछ। बैठक दिउँसो १ बजेको लागि तय गरिएको छ।

    बैठकमा निर्वाचनको समीक्षा र भातृ तथा शुभेच्छुक संस्था व्यवस्थापनबारे छलफल भइरहेको छ। बिहीबार नै बैठक सकिने भनिए पनि संसदमा उपसभामुख चयनका कारण बैठक लम्बिएको हो।

    बिहीबारको बैठकमा पनि पार्टीका तर्फबाट प्रतिनिधिसभाका सांसदहरू संसद बैठकमा सहभागी हुन गएपछि कांग्रेस केन्द्रीय समिति बैठक राम्रोसँग सञ्चालन हुन सकेको थिएन।

    हिजो कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल प्रतिनिधिसभाको उपसभामुख चयन भएकी छन्।

    कांग्रेसको आजको केन्द्रीय समिति बैठकमा सरकार सञ्चालनका सन्दर्भमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ।
    यसअघि बिहीबारको बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले जवाफ दिएका छन्।

    बोल्ने क्रम सकिए बैठक आज टुंगिने संभावना रहेको पार्टी कार्यालयको सचिवालयले जानकारी दिएको छ।

    २०७९, आषाढ ३२ शनिवार०७:३४:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार