आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र काठमाडौँ महानगरले संकलन गर्ने

आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र काठमाडौँ महानगरले संकलन गर्ने

२०७९, श्रावण १ आइतवार

  • 1.3K
    SHARES

  • आजदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र काठमाडौँ महानगरले संकलन गर्ने

    काठमाडौँ । काठमाडौँ महानगरमा आजदेखि फोहोर वर्गीकरण गरेर मात्र संकलन गरिने भएको छ।

    महानगरपालिकाले अब आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोर उठाउने छ।

    सूचनामार्फत महानगरले सम्भव भएसम्म जैविक फोहोरबाट गड्यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न अनुरोध गरेको छ। नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरलाई पुनः प्रयोग गर्न, पुन: चक्रीय फोहोर संकलकलाई बेचेर आयआर्जन गर्न भनिएको छ।

    यस्तै, प्लाष्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोगमा जोड दिन आग्रह गरिएको छ।

    फोहोरलाई स्रोतमा नछुट्याउने उत्सर्जकलाई प्रत्येक पटक ५ सय रुपैयाँ जरिवाना गरिनेछ।

    २०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम जरिवाना तिराइने महानगरको वातावरण विभागको भनाइ छ।

     

    २०७९, श्रावण १ आइतवार०७:३१:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार