काठमाडौं । लायन्स क्लव अफ काठमाडौं वशिष्ठले एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार काठमाडौंको जडिबुटी स्थित इन्द्रेणी व्यांक्वेटमा लायन्ससँग आबद्ध तथा अन्य शुभेच्छुकहरुको सहभागितामा पुँजीबजारको शिक्षा विषयमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

चर्चित युवा शेयर विश्लेषक सुवास भट्टराई र अनलाईन सेक्युरिटिज प्रालि (ब्रोकर नं ४९) का सिईयो चार्टर्ड एकाउन्टेन्ट बिशाल अग्रवालको प्रशिक्षणमा कार्यक्रम सम्पन्न भएको हो ।
करिब १०० जनाको उपस्थितिमा संचालित प्रशिक्षण अत्यन्तै फलदायी बनेको सहभागी टिका केसी भट्टराईले बताइन् । शैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिने दुवै प्रशिक्षकहरुको उपलव्धताले नै कार्यक्रमले नयाँ सन्देश पस्केको अर्का सहभागी पुष्पराज भट्टराईले बताए ।

कार्यक्रममा वशिष्ठका प्रेसिडेन्ट लायन अजित कुमार भट्टराईको अध्यक्षता तथा पुर्व गभर्नर गौतममान श्रेष्ठको प्रमुख आतिथ्यता एवं लायन्स ३२५ एल का सेकेण्ड भाइस डिस्ट्रिक्ट गभर्नर लायन सुमन भट्ट र पुर्व जोन चेयर पर्सन इन्जिनियर लायन शुसिल भट्टराईको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै रिजन चेयर पर्सन लायन सरिता शर्मा, सिनियर लिडर लायन इन्द्र श्रेष्ठ, भट्टराई कुलवंश प्रतिष्ठान वागमती प्रदेशका अध्यक्ष नारायण भट्टराई, उपाध्यक्ष लिला भट्टराई, सचिव सुरज भट्टराई लगाएतले आतिथ्यता प्रदान गरेका थिए ।

समाजसेवाको भावमा समर्पित लायन्सले यसका सदस्यहरुको वृत्तिविकासका लागि आर्थिक सम्बन्धमा प्रशिक्षणमूलक कार्यक्रम संचालन गरेको प्रेसिडेन्ट अजित कुमार भट्टराईले बताएका छन् ।
बिहान १०:३० बजे शुभारम्भ भएको कार्यक्रम साँझ ५:३० बजे सम्पन्न भएको थियो ।



