श्रीलंकापछि यी १३ देश चरम आर्थिक संकटको खतरामा छन् 

श्रीलंकापछि यी १३ देश चरम आर्थिक संकटको खतरामा छन् 

२०७९, श्रावण १ आइतवार

  • 1.4K
    SHARES

  • श्रीलंकापछि यी १३ देश चरम आर्थिक संकटको खतरामा छन् 

    एजेन्सी । कुनै समय एसियाको सुखी, समृद्ध राष्ट्रमध्येको एक श्रीलंका स्वतन्त्र भएयता पहिलो पटक यति ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ।

    वैदेशिक ऋण तिर्न श्रीलंकालाई पटकपटक समयसीमा दिइएको थियो, तर विदेशी मुद्रा सञ्चिति घटेका कारण ऋण तिर्न नसकेर अन्ततः आफूलाई ‘डिफल्टरु(खराब ऋणी) घोषणा गरेको थियो।

    श्रीलंकाका जनता सडकमा उत्रिएका छन् भने राष्ट्रपति देश छाडेर भागेका छन्। पेट्रोल पम्पमा तेल लिन लामो लाइन लागेको छ। औषधि र खाद्यवस्तुको मूल्यमा वृद्धि भएको छ।

    कुनै देशले समयमै विदेशी ऋण तिर्न नसक्ने अर्थात् ऋण तिर्नका लागि पर्याप्त विदेशी मुद्रा नभई ऋण चुक्ता गर्न नसकेमा त्यो देश डिफल्टर हुन्छ। श्रीलंकाको सन्दर्भमा पनि त्यस्तै भयो।

    सारा विश्वले श्रीलंकाको पतन हेरिरहेको छ। तर अर्थतन्त्रको विनाशको कथा श्रीलंकाको मात्रै होइन।

    ल्याटिन अमेरिकी देश अर्जेन्टिनाले सन् २००० देखि २०२० सम्म दुई पटक डिफल्ट बनेको थियो। यस्तै, ग्रीस सन् २०१२ मा डिफल्टर बनेको थियो। यसैगरी, सन् १९९८ मा रुस, २००३ मा उरुग्वे, २००५ मा डोमिनिकन रिपब्लिक र २००१ मा इक्वेडर डिफल्टर बनेका थिए।

    समाचार एजेन्सी रोयटर्सका अनुसार यो वर्ष श्रीलंकाबाहेक लेबनान, रुस, सुरिनाम र जाम्बियाले समयमै ऋण तिर्न नसकेका र डिफल्टरको श्रेणीमा परेका छन्।

    कुन-कुन देश खतरामा छन्रुस्

    म्यानमार

    पाकिस्तान

    अर्जेन्टिना

    युक्रेन

    ट्युनिशिया

    घाना

    मिश्र

    केन्या

    इथियोपिया

    अल साल्वाडोर

    बेलारुस

    इक्वेडर

    नाइजेरिया

    २०७९, श्रावण १ आइतवार१२:४०:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार