आजदेखि काठमाडौं सहित २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो खोप 

आजदेखि काठमाडौं सहित २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो खोप 

२०७९, श्रावण २ सोमवार

  • 1.2K
    SHARES

  • आजदेखि काठमाडौं सहित २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो खोप 

    काठमाडौँ । पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइँदै छ । पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो ।

    यही साउन ८ गतेसम्म यसअघि केन्द्र रहेको विद्यालयबाटै खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा लगाएको कार्ड बोकेर जान मन्त्रालयले आग्रह गरेको छ । खोप निःशुल्क पाइन्छ ।

    झापा, इलाम, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी काठमाडौं, ललितपुर, भक्तपुर, काभे, चितवन, सिन्धुली, मकवानपुर, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकालाई खोप दिइनेछ ।

    २०७९, श्रावण २ सोमवार०७:५९:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार