काठमाडौँ महानगरपालिकाको प्रवक्तामा नवीन मानन्धर

काठमाडौँ महानगरपालिकाको प्रवक्तामा नवीन मानन्धर

२०७९, श्रावण २ सोमवार

  • 2.7K
    SHARES

  • काठमाडौँ महानगरपालिकाको प्रवक्तामा नवीन मानन्धर

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रवक्ताका रूपमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धर चयन भएका छन् । 

    महानगरपालिकाको सूचना प्रविधि समितिका संयोजकसमेत रहेका मानन्धरलाई महानगर प्रमुख बालेन्द्र(बालेन) शाहको अध्यक्षतामा आइतबार बसेको छैटौँ कार्यपालिका बैठकले प्रवक्तामा नियुक्त गरेको हो ।

    साथै बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न कामपासँग भगिनी सम्बन्ध भएका नगरबाट प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णयसमेत गरेको छ। यसअघि २०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न कामपाले छवटा देशका १३ नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो।

    तत्कालीन समयमा पाँचवटा देशका ११ वटा नगरबाट चार जना प्रमुख, उपप्रमुखसहित ४१ पाहुना सहभागी भएका  थिए। बैठकले महानगरको सार्वजनिक खरिद नियमावली संशोधनका लागि सहमति दिएको छ।

    चालु अर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार यस वर्षदेखि वडाबाट खुला प्रतिस्पर्धात्मक विधिबाट सेवा खरिद हुनेछ। यसका लागि खरिद नियमावली संशोधन गर्नुपर्ने भएको हो।

    बैठकका राजस्व विभागका प्रमुख डा‍.शिवराज अधिकारीले अहिलेसम्म खाद्य संस्थान र बीमा संस्थाने राजस्व नतिरेको जानकारी गराएका थिए।

    २०७९, श्रावण २ सोमवार०८:१८:३५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार