मनसुनी वायु सक्रिय हुँदा यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनी वायु सक्रिय हुँदा यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

२०७९, श्रावण ३ मंगलवार

  • 1.0K
    SHARES

  • मनसुनी वायु सक्रिय हुँदा यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। मनसुनी वायु सक्रिय बनेसँगै प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशका धेरै स्थानहरुमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    राती पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    भारी वर्षाको सम्भावना रहेका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    २०७९, श्रावण ३ मंगलवार०७:१२:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार