स्थानीय तहका एमाले जनप्रतिनिधि बजार अनुगमन गर्दै 

स्थानीय तहका एमाले जनप्रतिनिधि बजार अनुगमन गर्दै 

२०७९, श्रावण ३ मंगलवार

  • 889
    SHARES

  • स्थानीय तहका एमाले जनप्रतिनिधि बजार अनुगमन गर्दै 

    काठमाडौँ । नेकपा (एमाले)का स्थानीय तहका जनप्रतिनिधिले बजार अनुगमन गर्ने भएका छन् । 

    एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवालीले अहिले अकासीएको मूल्य बृद्धिबारे आफ्नो जनप्रतिनिधिलाई अनुगमन गराउने बताए ।

    उनले आफूले जितेका स्थानीय तहमा जनप्रतिनिधि भएको ठाउँको मूल्य नियन्त्रण गर्न बजार अनुगमन गराइने जानकारी दिए । नेता ज्ञवालीले राज्यको नियामक निकाय कमजोर हुँदा बिचौलियाको चलखेल भएर उपभोग्य बस्तुको मूल्य आकासीएको बताए ।

    उनले सबैले उपभोक्ताका साझा मुद्दा बनाएर मूल्य नियन्त्रण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सुशासन विभागका प्रमुख यज्ञराज सुनुवारले सरकारले महँगी नियन्त्रण गर्न नसकेको आरोप लगाए ।

    कार्यक्रममा सुशासन विभागका सदस्य कुमारी खरेलले पछिल्लो एक वर्षमा देशका प्रमुख आर्थिक सूचक, खाद्य तथा पेयपदार्थ र इन्धनको मूल्यवृद्धिको अवस्था, दैनिक उपभोग्य खाद्य वस्तु, निर्माण सामग्री र पिछडिएको क्षेत्र कर्णालीको मूल्यवृद्धिको अवस्थाका बारेमा पनि जानकारी गराएका थिए ।

    २०७९, श्रावण ३ मंगलवार०७:३४:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार