यी ५ प्रदेशमा भारी बर्षाको सम्भावना 

यी ५ प्रदेशमा भारी बर्षाको सम्भावना 

२०७९, श्रावण ४ बुधवार

  • 993
    SHARES

  • यी ५ प्रदेशमा भारी बर्षाको सम्भावना 

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पश्चिमी भू-भागमा सरदरको आसपास अवस्थित रहेको छ। 

    देशभर सामान्य बदली रहेको छ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा भइरहेको छ।

    बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी ,बागमती र मधेस प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

    बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूर पश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

    २०७९, श्रावण ४ बुधवार०७:०८:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार