मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

२०७९, श्रावण ४ बुधवार

  • 1.7K
    SHARES

  • मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार पिसिआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टी भएको हो ।

    उनको मंगलबार बिहान स्वाब संकलन गरिएकोमा साँझ आएको रिपोर्टमा पोजेटिभ पुष्टि भएको हो । 

    मुख्यमन्त्री कार्यालयका अनुसार उनलाई आइतबारदेखि सामान्य रुघा लागेकामा सोमबार बिहानबाट हल्का ज्वरो आएको थियो । सोमबार नै उनले चिकित्सकसँग परामर्श लिएका थिए । 

    चिकित्सकका अनुसार उनलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ । आज बिहान उनको थप स्वास्थ्य परीक्षण गरिने भएको छ । हाल उनी पोखरास्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।

    कोरोना संक्रमण बढेकामा सतर्क रहन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले मास्क, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न अनुरोध गरेका छन् । 

    २०७९, श्रावण ४ बुधवार०७:२९:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार