नीतिबिनाको काँग्रेस ‘नीति महाधिवेशन’ अनिश्चित

नीतिबिनाको काँग्रेस ‘नीति महाधिवेशन’ अनिश्चित

२०७९, श्रावण ४ बुधवार

  • 1.2K
    SHARES

  • नीतिबिनाको काँग्रेस ‘नीति महाधिवेशन’ अनिश्चित

    काठमाडौं । १४औं महाधिवेशनलाई ‘नेतृत्व छान्ने महाधिवेशन’का रूपमा बताएको नेपाली काँग्रेसको ‘नीति महाधिवेशन’ भने अनिश्चित बनेको छ ।

    १४औं महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्यो । महाधिवेशनबाट पार्टी नयाँ नेतृत्व छान्दा काँग्रेसले नीति महाधिवेशन भने ६ महिनाभित्र गर्नेगरी नेतृत्व मात्रै चयन गरेको थियो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

    २८ मंसिर २०७८ बाट १४औं महाधिवेशन गरेको काँग्रेसले महाधिवेशनमार्फत केन्द्रीय पदाधिकारी र नेता छाने पनि पार्टी नीति निर्धारण नगर्दा उसको मार्गदिशा नै अनिश्चित बनेको हो ।

    गत २७ असारबाट सुरु भएर २ साउनमा ६ दिन बस्दै सकिएको केन्द्रीय कार्यसमिति बैठकले पार्टी नीति महाधिवेशन निर्णय गर्ने अपेक्षा गरिए पनि ‘केन्द्रीय समितिले आवश्यक निर्णय लिने’ भन्दै काँग्रेसले नीति महाधिवेशनलाई झनै अनिश्चित बनाएको छ ।

    प्रधानमन्त्रीसमेत सम्हालेको देशकै मुख्य लोकतान्त्रिक दल दाबी गर्ने काँग्रेसले महाधिवेशन सकिएको ६ महिना बित्दासमेत पार्टीको ‘आगामी नीति कस्तो हुने ?’ भन्ने निर्धारण गर्न सकेको छैन ।

    राजनीतिक विश्लेषक पुरञ्जन आचार्य ‘काँग्रेस नेतृत्वले नै नीति महाधिवेशन विषयमा चासो नदेखाएको’ टिप्पणी गर्छन् ।

    ‘काँग्रेसले नेताभन्दा नीतिलाई प्राथमिकतामा राख्नुपथ्र्यो, त्यसतर्फ पार्टीलाई ड्राइभ गर्नेकै बढी चासो हुनुपर्ने थियो, त्यो भएन,’ राजनीतिक विश्लेषक आचार्यले राजधानीसँग भने, ‘शेरबहादुर देउवाकै चासो त्यतातर्फ कम देखियो ।’

    काँग्रेसले केन्द्रीय समितिबाट तत्कालै ‘स्मार्ट नीति महाधिवेशन’ गर्न सकिने अवस्थासमेत गुमाएको र उसको चासो आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन आबद्ध दलबीच चुनावी चालमेलमै केन्द्रित भएको दाबी आचार्यको छ ।

    २०७९, श्रावण ४ बुधवार०७:३९:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार