मल र जल अभावका कारण देशभर हालसम्म ६० प्रतिशतमात्र रोपाइँ, अन्न भण्डार मानिने मधेस प्रदेशमा सबै भन्दा कम

मल र जल अभावका कारण देशभर हालसम्म ६० प्रतिशतमात्र रोपाइँ, अन्न भण्डार मानिने मधेस प्रदेशमा सबै भन्दा कम

२०७९, श्रावण ४ बुधवार

  • 1.0K
    SHARES

  • मल र जल अभावका कारण देशभर हालसम्म ६० प्रतिशतमात्र रोपाइँ, अन्न भण्डार मानिने मधेस प्रदेशमा सबै भन्दा कम

    काठमाडौँ । सरकारी तथ्याङ्क अनुसार देशभरि हालसम्म ६० प्रतिशतमात्र धान रोपाइँ भएको छ । अघिल्लो वर्ष यो अवधिमा भएको धान रोपाइँको तुलनामा यो निकै न्यून हो । गत वर्ष साउन ४ गतेसम्म ९६ प्रतिशत रोपाइँ भइसकेको थियो ।

    धान खेतीको ‘हब’ मानिएको मधेस प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको छ । कृषि विभागका अनुसार मधेस प्रदेशमा ३९ प्रतिशत रोपाइँ भएको छ । प्रदेशको हिसाबले सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिममा (८७ प्रतिशत) रोपाइँ भएको छ ।

    यस्तै, प्रदेश १ मा ४९, बागमती प्रदेशमा ६५, गण्डकी प्रदेशमा ७९, लुम्बिनी प्रदेशमा ७५ र कर्णाली प्रदेशमा ५६ प्रतिशत रोपाइँ भएको छ । जबकि अघिल्ला वर्ष यतिबेलासम्म कर्णाली, सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ सम्पन्न भइसकेको हुन्थ्यो ।

    सबैभन्दा कम रोपाइँ भएको मधेस प्रदेशमा जिल्लागत विवरण हेर्ने हो भने धनुषामा ३५, महोत्तरीमा ३०, सर्लाहीमा ३५, पर्सामा ४२, बारामा ४०, रौतहटमा ३२, सप्तरीमा ५० र सिरहामा ४२ प्रतिशत रोपाइँ भएको छ । त्यहाँ चार लाख पाँच हजार हेक्टरमा धान खेती हुन्छ, जबकि हालसम्म एकलाख ५८ हजार हेक्टरमा मात्र रोपाइँ भएको छ ।

    यसरी कम रोपाइँ हुनुको मुख्य कारण मल र सिँचाइको अभाव नै रहेको कृषि विभागले जनाएको छ ।

    २०७९, श्रावण ४ बुधवार०७:४९:३१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार