मरुभुमि भित्रको मानव बस्ती बिचमा मनै लोभ्याउने सान्त्वना कलेजको प्रांगण

मरुभुमि भित्रको मानव बस्ती बिचमा मनै लोभ्याउने सान्त्वना कलेजको प्रांगण

२०७९, श्रावण ४ बुधवार

  • 3.6K
    SHARES

  • मरुभुमि भित्रको मानव बस्ती बिचमा मनै लोभ्याउने सान्त्वना कलेजको प्रांगण

    काठमाडौं । एसईईको नतिजा आउन साँझबिहान भईरहँदा विद्यार्थीहरु उपत्यकाका चार भञ्ज्यांग पुगेर कलेज भ्रमण गर्न आतुर देखिन्छन् । तातो घाममा कालो अलकत्राले बनेको पक्की सडकमा पसिना चुहाउँदै विद्यार्थीहरु गुणस्तरीय कलेज छनोटका लागि हस्यांग फस्यांग गर्दै दौडिएका भेटिन्छन् ।

    कोभिड १९ को महामारी पश्चात मध्यमस्तरका स्कुल कलेजले अभिभावकको माग धान्दै आएका छन् । त्यसमा पनि काठमाडौंको मिनभवन आलोकनगरमा रहेको शान्त्वना कलेजको पहिचान नै फरक रहेको प्राचार्य क्षितिज ढुंगेल बताउँछन् । विभिन्न उकाली ओरालीका साथ अगाडि बढेका ढुंगेलले विभिन्न विदेशी विश्वविद्यालयसँग समेत सहकार्य गर्दै विश्वस्तरको विद्यार्थी उत्पादनका लागि क्रियाशिल रहेको बताएका छन् । 

    a5.jpg

    आलोकनगरबाट २०० मिटर भित्र प्रवेश गरेपछि दायाँ तर्फको ढोकाबाट बिस्तारै भित्र प्रवेश गरेर बगैँचाको आनन्द लिँदै हल्का उकालो चढ्दै कलेज आइपुग्नेहरु धेरैबेर मन्त्रमुग्ध भएर बस्ने गरेका विद्यार्थीको भनाई छ । 

    विद्यालय तह हुँदै उच्च शिक्षामा विज्ञान, व्यवस्थापन र मानविकी सहित स्नातकमा बिबिएस, बिएसडब्लु, मास कम्युनिकेशनका साथमा स्नातकोत्तरमा समाजशास्त्रको अध्यापन हुने यस कलेज वातावरणिय दृष्टिकोणले एक उपयुक्त गन्तव्य बन्न सक्ने स्थानियको भनाई छ । 

    a1.jpga6.jpga3.jpga4.jpga7.jpg

    २०७९, श्रावण ४ बुधवार०९:०२:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार