१८ घन्टापछि रोकियो जोरपाटीमा निस्किएको पानीको फोहरा

१८ घन्टापछि रोकियो जोरपाटीमा निस्किएको पानीको फोहरा

२०७९, श्रावण ४ बुधवार

  • 909
    SHARES

  • १८ घन्टापछि रोकियो जोरपाटीमा निस्किएको पानीको फोहरा

    काठमाडौँ । काठमाडौँको जोरपाटीमा हिजो बिहान करिब १० बजेबाट लेदो माटो र पानीसहित निस्किएको फोहरा आज बिहान मात्र रोकिएको छ।

    आज बिहान करिब ४ बजेदेखि फोहरा निस्किन बन्द भएको हो।

    स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको थियो।

    यसरी निस्किएको हिलो र लेदोबाट कुनै मानवीय क्षति भने भएको छैन। यद्यपि उक्त निस्किएको माटोसहितको पानीको फोहोरामा ग्यास मिसिएका कारण आगलागीजस्तो अप्रिय घट्ना हुन नदिन स्थानीयलाई सचेत गराइएको थियो।

    त्यसरी निस्किएको पानीसहितको लेदो माटो मिथेन ग्यासका कारण निस्किएको वरिष्ठ भूगर्भविद् एवम् खानी तथा भूगर्भ विभाग अन्तर्गत ग्यास शाखाका प्रमुख पृथ्वीलाल श्रेष्ठले बताएका छन्।

    उनका अनुसार काठमाडौँको धेरै स्थानमा जमिनमुनि पानीमा मिथेन ग्यास मिसिएको र पानी बोरिङ गर्ने क्रममा उक्त ग्यास बाहिर आएको हो।

    २०७९, श्रावण ४ बुधवार१०:०८:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार