काठमाडौँ महानगरले एक हप्ता फोहोर नउठाउने 

काठमाडौँ महानगरले एक हप्ता फोहोर नउठाउने 

२०७९, श्रावण ५ बिहिवार

  • 1.2K
    SHARES

  • काठमाडौँ महानगरले एक हप्ता फोहोर नउठाउने 

    काठमाडौँ । काठमाडौँ महानगरले एक हप्ता फोहोर नउठाउने भएको छ। बञ्चरेडाँडा जाने सडक निर्माणको काम भइरहेको हुँदा एक हप्ता फोहोर नउठाउने महानगरले जनाएको छ । 

    काठमाडौँ महानगरपालिकाले एक हप्ता आफ्नो घर, पसल, व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिक स्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राखिदिन अनुरोध गरेको छ।

    महानगरले अपिलमा भनेको छ, ‘काठमाडौँ उपत्यकाको फोहोरमैला विसर्जनस्थल बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल साइट जाने सिसडोलस्थित भ्याली १ को सडक निर्माण सुचारु गर्न फोहोरमैला विसर्जन गर्न जाने सवारीसाधनको आवातजावतले कठिनाइ उत्पन्न हुने भएकोले निर्माण कार्यलाई द्रुत गतिमा सञ्चालन गर्नको लागि उक्त सडकखण्डमा कम्तिमा एक हप्ता सवारी आवागमन बन्द गरिदिन शहरी विकास तथा भवन विभागबाट लेखिआएकोले उक्त अवधिसम्म आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक चोक सार्वजनिक स्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राखिदिन हुन सम्पूर्ण महानगरवासीमा हार्दिक अनुरोध गर्दछु।’

    २०७९, श्रावण ५ बिहिवार०६:५८:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार